Women Empowerment
वेदका अनुसार हरेक पतिको कर्तव्य:
वेदका अनुसार हरेक पतिले आफ्नो पत्नीलाई अनिवार्य रूपमा निभाउनु पर्ने मुख्य कर्तव्यहरू छन्। जुन तल उल्लेख गरिएको छ।
उल्लेखित कर्तव्य पुरा नगर्ने पतिले आफ्नी पत्नी बारे गुनासो गर्ने अधिकार राख्दैनन्। साथै पत्नी वाट मान, सम्मान, इमानदारी, प्रेम र सद्भाव खोज्ने हैसियत समेत गुमाउने गर्दछन्।
(१) अथर्ववेद मन्त्र १/३४/५ - पतिको धन्यतापूर्ण र प्यारो व्यवहारले मात्र पत्नीलाई पति प्रति प्रेम लगाव र सद्भाव युक्त सम्बन्धहरूको भाव जागृत गराउँदछ॥
(२) अथर्ववेद मन्त्र २/३०/४ - पति ले पत्नी संग केही पनि कुरा लुकाउनु हुँदैन । पतिले आफ्नो पारदर्शी व्यवहारले मात्र पत्नीको मन जित्ने हैसियत प्राप्त गर्न लायक हुन्छ॥
(३) अथर्ववेद मन्त्र ५/२५/६ - पतिको दर्जा पाउन खोज्ने हरेक पुरुषले अनिवार्य रूपमा अनुशासित र इमानदारी पूर्ण पवित्र जीवन जिउन सक्नु पर्छ॥
(४) अथर्ववेद मन्त्र ६/९/२ - हरेक पतिमा आफ्नो अगाध प्रेमले आफ्नी पत्नीको मन जित्ने नियत हुनुपर्दछ॥
(५) अथर्ववेद मन्त्र ६/८१/१ - हरेक पति आफ्नो पत्नी र परिवारलाई अनुशासित जीवन जिउन उत्प्रेरित गर्ने नेतृत्वदाहि भूमिका खेल्ने चरित्र हुनु पर्दछ। विवाहित पारिवारिक जीवन बिताउन जरुरी हुने धन दौलतको जगेडा गर्न जरुरी हुने लगनशीलता, मेहनत र मनोवृत्ति हुनु पर्दछ।
(६) अथर्ववेद मन्त्र ६/८९/१ - हरेक पतिले आफ्नो पत्नी प्रति मनै देखि उच्च सम्मान विकास गर्न पत्नीको हरेक प्रयास लाई सकारात्मक दृष्टिले हेर्ने संस्कार विकास गरेको हुनु पर्दछ । आफ्नो पत्नीले आफू र आफ्नो परिवारको कल्याणको नियतले गरेको हरेक कार्य प्रति आभारी बन्दै त्यसबापत आफ्नी पत्नी संग धन्य बन्ने गुण ग्रहण गरेको हुनु पर्दछ॥
पत्नीको अवधारणा "अर्धांगिनी"सँग जोडिएको छ | शाब्दिक अर्थ एकै देहको अर्को आधा भाग। पतिको एकतर्फि जिम्मेवारि समग्र परिवार र समाज चल्न पक्कै पर्याप्त छैन।
त्यो अर्को आधापाटो को रूपमा रहेको छ।
त्यो पूर्ण गर्न पतिको भुमिकामा जुन जुन ग्याप देखिन्छ र त्यो पुर्ति जस्तो जस्को सहकार्यले गर्दछ त्यो पत्निले निभाऊन पर्ने कर्तव्यमा पर्नेछ॥ जुन पछि कुनै संदर्भमा चर्चा होला॥
सफलताको फुल कुनै कुरा प्राप्तिको डुगंगूरमा हैन नकरात्मकता वाट मुक्ति हुदाको पवित्रतामा फुल्दछ भन्ने जरा चै भुल्नु भएन।
वेदको ऋचाले गरेको नारी शक्तिको पहिचान !!
कुनै पनि समाज मानवीयता बोकेको सफल समाजको रूपमा परिवर्तन हुन समाजका नारीको क्षमताको उपयोग, पारिवारिक र सामाजिक भूमिका तथा समाजको विश्वास र प्रतिष्ठा वेदको अवधारणा अनुरूप कस्तो हुन अनिवार्य छ भन्ने बारे तपाईँलाई पहिला कसैले कहिल्यै भनेँ कि नाइँ मलाइ थाहा भएन।
वेदको ऋचामा नारी शक्तिको पहिचान कसरी भएको छ ? त्यो यथार्थ हाम्रो समाजमा लैजान निकै कन्जुस्याइँ गरिएको जस्तो मलाइ लाग्छ।
हुन त वेदको ऋचाहरूको प्राय सत्य कुरालाई बङ्ग्याएर आफू अनुकूल प्रस्तुत गरिने हाम्रो कपटी बानीले उल्लेखित ऋचाहरू फरक अर्थमा हाम्रो समाजमा छ्याप छ्याप्ती पुगेको छ।
मलाई भने त्यस्ता अनुवादहरू अलि झ्याली लाग्यो।
ती ऋचाहरूको भावनामा अन्तर्निहित यथार्थको मैले बुझेको भावार्थ भने यस्तो छ। त्यसको यथार्थ पहिल्याएर आफ्नो धारणा बनाउने जिम्मा भने तपाईँलाई नै सुम्पे।
जय होस्।
जन्मजात बहादुरी र निडरताको क्षमता बोकेको नारी शक्ति वास्तवमै समाजको एक साहसी तथा उत्कृष्ट बहादुर सिपाही हुन।
~ यजुर्वेद १०.०३
हरेक व्यक्तिले प्राप्त गर्ने उल्लेखनीय उपलब्धिहरूको मूल कारक मूलतः नारी हुने गर्दछन्।
~अथर्ववेद १४.१.२०
हरेक नारी अनिवार्य रूपमा उच्च शिक्षित तथा विद्वान बन्ने अवसर प्राप्त गर्न जरुरी छ।
~ अथर्ववेद ११.५.१८
हरेक नारीमा जन्मजात विषय बस्तु बारे गहिरो जानकारी प्राप्त गरी त्यसबारे स्पष्टता हुन चाहिने जजल्यमान अन्तर्दृष्टि र समझदारीको क्षमता अन्तर्निहित हुन्छ।
~ अथर्ववेद १४.२.७४
मुलुक र जीवनका हरेक किसिमको युद्धमा विजय प्राप्त गर्न नारीको अनिवार्य रूपमा नेतृत्व र योद्धा दुवै तहमा सक्रिय सहभागिताको जरुरत पर्दछ।
~ यजुर्वेद १६.४४
हरेक नारीको भौतिक धन-सम्पत्ति, स्वास्थ्य, अध्यात्म र आनन्द जस्ता समृद्धता आदिमा प्रशस्त पहुँच उपलब्ध हुन अनिवार्य छ।
~ अथर्ववेद ७.४७.२
हरेक नारी जन्मजात रूपमै बुद्धिमान र ज्ञानी क्षमता लिएर जन्मेका हुन्छन्।
~ अथर्ववेद ७.४७.१
उल्लेखनीय सङ्ख्यामा नारीको सक्रिय तथा प्रभावकारी सहभागिता नरहेको संवैधानिक सभा, विधान सभा र प्रतिनिधि सभा जस्ता वैचारिक सभाहरू व्यर्थ हुने छ।
~ अथर्ववेद ७.३८.४
राष्ट्रको नेतृत्व लिने प्रमुख पदहरूमा उल्लेखनीय सङ्ख्यामा नारी शक्तिको सक्रिय तथा प्रभावकारी सहभागिता अनिवार्य हुनुपर्छ।
~ ऋग्वेद १०.८५.४६
समाजका सामाजिक परियोजनाहरूको प्रमुख नेतृत्वमा उल्लेखनीय सङ्ख्यामा नारी शक्तिको सक्रिय तथा प्रभावकारी सहभागिता रहनु अनिवार्य हुन्छ।
~ ऋग्वेद १०.८५.४६
सरकारी निकाय र सङ्गठनहरूका प्रमुख नेतृत्वमा उल्लेखनीय सङ्ख्यामा नारी शक्तिको सक्रिय तथा प्रभावकारी सहभागिता अनिवार्य गरिनु पर्दछ।
~ ऋग्वेद १०.८५.४६
पुर्ख्यौली सम्पत्तिमा नारी र पुरुषको अनिवार्य रूपमै समान हक र अधिकार कानुनि रुपमै स्थापना हुनु पर्दछ।
~ ऋग्वेद ३.३१.१
परिवार, समाज र मुलुकको संरक्षकको रूपमा नारी शक्तिको सक्रिय तथा प्रभावकारी सहभागिता अनिवार्य गरिनु पर्दछ।
~ अथर्ववेद १४.१.२०
सार्वजनिक धन, खाद्य र सामाजिक श्रोत वितरणको क्षेत्रको नेतृत्वको अधिक मुख्य पदहरूमा नारी शक्तिको सक्रिय तथा प्रभावकारी सहभागिता अनिवार्य गरिनु पर्छ।
~ अथर्ववेद ११.१.१७
सफल, सबल र असल जनशक्ति निर्माण गर्ने निकायका नेतृत्वदायी प्रमुख भूमिकामा अधिकतम रूपमा नारी शक्तिको सक्रिय तथा प्रभावकारी सहभागिता अनिवार्य गरिनु पर्छ।
~ अथर्ववेद ११.१.१७
राष्ट्रको ज्ञान, संज्ञान र विज्ञानको दिशा निर्देश गर्ने नीति नियमको निर्माण र सञ्चालन गर्ने रथको लगाम अधिक भन्दा अधिक समय नारी शक्तिको हातमा हुनु पर्दछ।
~ अथर्ववेद ९.९.२